दलहरुले सहमति कायम गर्न नसक्दा संविधानसभाको बैठक लम्बियो

पुष २, काठमाडौँ-संवाद समितिको प्रतिवेदनका सम्बन्धमा दलहरुले सहमति कायम गर्न नसक्दा संविधानसभाको बैठक लम्बीएको छ । समितिले बुझाएको प्रतिवेदनमाथि आज पनि विहान ११ बजे बाट छलफल सुरु हुने भएको छ ।

समितिका सभापति डा. बाबुराम भट्टराईले गएको बुधबार बुझाएको प्रतिवेदन चार दिन सभासद्हरुले अध्ययन गरेपछि त्यसमाथि छलफल थालिएको हो ।
संविधानसभाको हिजो बसेको बैठकमा संवाद समितिको प्रतिवेदनमा छलफल गरिएपनि कुनै निकास भने निस्कीन सकेन । बैठकमा कांग्रेस–एमालेका सभासद्हरुले संविधानसभाबाटै प्रक्रियामा लगेर टुङगो लगाउनुपर्ने धारणा राखे भने एमाओवादी र मधेषवादीहरुले संवाद समितिमा प्रतिवेदनलाई फर्काउनुपर्ने धारणा राखेका छन् ।