पाकिस्तानको विद्यालयमा मारिएकाहरुको आज अन्तिम संस्कार, तीनदिने शोक घोषणा

पुष २,एजेन्सी -पाकिस्तानको पेशावर शहरस्थीत सेनाले चलाएको विद्यालयमा तालिवान बन्दुकधारीले आक्रमण गरी हत्या गरिएका विद्यार्थी तथा शिक्षकहरुको आज अन्तिम संस्कार गरिदैछ । इस्लाम रितीरिवास अनुसार उनीहरुको संस्कार गर्न लागिएको हो ।
घटना पछि सरकारले तीनदिने शोक घोषणा गरेको छ । प्रधानमन्त्री नवाज सरिफ आफैं घटना स्थल पुगेपछि घटना राष्ट«िय संकटको घडी भएको प्रतिक्रिया दिनु भएको छ् । उहाँले भने–‘यहाँ मेरा सन्तानमाथि आक्रमण भएको छ ।’ विद्यार्थी यस्तो संहार हुनु देशका लागी ठूलो क्षती भएको बताउँनु भयो ।
हत्या गरिएका अभिभावकहरुले हत्याराहरुलाई अल्लाहले बदला लिएरै छाडने प्रतिक्रिया दिनु भएको छ । घटनाको विश्वभरबाट भत्रसना गरिएको छ । अमेरिका, बेलायत, रुस, ङ्खरान्स, चीन, र जापानले घटनाको निन्दा गर्दै आतातायी हरकत गर्नेलाई कुनै हालतमा छोड्न नहुने प्रतिक्रिया दिएका छन् ।
यसैबीच अफगानिस्ताानको तालीवानी बिद्रोहीले समेत घटनाको भत्रसना गर्दै घटनालाई गैर इस्लामिक भनी टिप्पणी गरेका छन् । अफगानिस्तानका तालीवान प्रवक्ताले एक बक्तब्य जारी गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गरेको छ । नेपाल सरकारले ‘मानवता विरोधी’ कार्य भनेर भत्रसना गरेको छ । परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तीमा ‘सबै किसिमका आतंकवादी घटनाको नेपाल भत्रसना गर्दछ ।’
यता तालिवान प्रमुख मोहम्मत खुरसानीले भने विज्ञप्ती जारी गर्दै आक्रमण जायज भएको प्रतिक्रिया दिएका छन् । उनले आङ्खना लडाकुविरुद्ध सेनाले गरेको कारवाहीको बदलामा यो आक्रमण गरेको जनाएका छन् ।
उनले आक्रमण्ँ गर्न आङ्खना ६ जना आत्मघाती बन्दुकधारी पठाएको समेत जनाएका छन् । तालिवान लडाकुका परिवार र महिलामाथि सरकारले आक्रमण्ँ गरेको प्रतिशोध लिन सैनिक स्कुल छानेका उनको भनाइ छ । ‘हामी उनीहरुले पनि आफन्त गुमाउँदाको दुःख र पीडा महसुस गरेको हेर्न चाहान्छौं’, विज्ञप्तीमा जनाइएको छ ।
सैनिक परिवारका सदस्यहरु अध्ययन गर्ने उक्त विद्यालयमा तालिवानले एक सय ३२ विद्यार्थी सहित कम्तीमा १ सय ४१ जनाको हत्या गरेका हुन् । मारिनेमा ९ शिक्षक र केही अर्ध सैन्य बलका सदस्य पनि छन् । ७ जना बन्दुकधारी पनि मारिएका छन् । बन्दुकधारीहरुले विभिन्न कक्षा कोठा र परीक्षा हलमा प्रवेश गरी विद्यार्थीहरुमाथि गोली हानेका थिए ।
कारवाहीमा घाइते भएका कम्तीमा १ सय ४० विद्यार्थी र शिक्षकलाई स्थानिय अस्पतालमा भर्ना गरीएको छ । सेनाले करिब ५ सय विद्यार्थीलाई विद्यालयबाट निकालेर सुरक्षित स्थानमा लगेको छ । यो घटनालाई पाकिस्तानमा अहिलेसम्मकै निकृष्ठ आक्रमणको रुपमा हेरिएको छ ।
पाकिस्तानी सेनाले पेशावर नजिकको उत्तरी बजिरिस्तानमा तालिवान विरुद्ध बृहद सैन्य कारवाही गरिरहेको छ । उक्त कारवाहीमा ठूलो संख्यामा तालिवान लडाकु मारिएका छन् ।