लगातार रुपमा चार दिन देखि वादल र वर्षाका कारण देशै भरी चिसो बढ्दै

पुष २, काठमाडौँ- लगातार रुपमा चार दिन देखि वादल र वर्षाका कारण देशै भरी चिसो बढ्दै गएको छ । आजबाट घाम लागे पनि झनै चिसो बढ्ने मौसम पुर्वअनुमान माहाशाखाले जनाएको छ । घामको कमजोर प्रकाश खुल्ला आकासका कारण उतैे फर्किएर जाने भएकाले सौसममा झनै चिसो हुँदै जाने मौसम विद्हरुले बताएका हुन् ।

केहि दिन एता बाक्लो हुुस्सुका कारण पृथ्वीमा आएको ताप यतै रहँदा न्युनतम तापक्रम बढेको थियो । मोसम विद्हरुका अनुसार अबको केहि दिन बादलहटेर आकाश खुल्ला हुने भएकाले चिसो झनै थपिदै जाने भएको हो । आज घामा लागे पनि चिसो हुने मौसम विद् शान्ति कँडेलले बताउँनु भएको छ । अन्तराष्ट्रिय मौसम पुर्वाअनुमान महाशाखका अनुसार आज घामको अधिकतम तापक्रम पाँच अल्ट्राभोटेज रहने छ ।

त्यस्तै भोली र पर्सी पनि पाँच युभि भन्दा बढी नहुने भएको छ । घामको ताप ३ देखि पँच युभि लाई मध्यम, ६ देखि ८ लाई उच्च र ८ देखि १० लाई अति उच्च मानिन्छ । रातीको न्युनतम तापक्रम शुक्रबार सम्म न्युनतम २ डिग्री सेल्सीयस सम्म पुग्ने अनुमा गरिएको छ ।