आज देखी दैनिक १० घण्टा लोडसेडिङ (कार्यतालिका सहित)

पुष २, काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले आजबाट लोड सेडिङको समय २ घण्टा थप गरेकोे छ । अहिले सम्म दैनिक ८ घण्टा मात्रै हुँदै आएको लोडसेडिङ २ घण्टा थपेर १० घण्टामा पु¥याएको छ । प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले नदीमा पानीको सतह घट्दै गएकाले र पहिरोका कारण सिन्धुपाल्चोकमा रहेको भोटेकोशी जलविद्युत आयोजनाको टावरमा क्षती पुगेकाले लोडसेडिङ बढेकोे बताउनुभयो ।

भोटेकोशीको टावरमा क्षती पुग्दा ४५ मेगावाट बिजुली केन्द्रीय प्रसारण ग्रीडमा नजोडिदा लोडसेडिङको अवधि बढाउनु परेको उहाँले बताउनुभयो । हिउँदमा १२ घण्टा भन्दा बढी लोडसेडिङ नबढाउने लक्ष्य भए पनि भोटेकोशी जलविद्युतको टावर बनाउन स्थानीय राजनीतिक दलले अवरोध गरिरहेकाले समस्या हुन सक्ने प्राधिकरणले जनाएको छ । यद्यपी उर्जा मन्त्री राधा ज्ञवालीले भोटेकोशी जल विद्युत आयोजना निर्माण्ँमा अवरोध गर्नेलाई कारबाही गर्ने बताइसक्नु भएको छ ।loadsedding talika