दुई तिहाइ बहुमतबाट भए पनि समयमा नै संविधान आउँछ : प्रम कोइराला

पौष १, काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले निर्धारित समयमा संविधान जारी नभए जनताले क्षमा नदिने बताएका छन् ।

यस अघिको संविधानसभाले संविधान नदिई विघटन भएपछि अब समयमा संविधान नदिँदा जनताको धैर्यता टुट्न सक्ने भन्दै प्रम कोइरालाले दुई तिहाइ बहुमतबाट भए पनि संविधान घोषणा गर्नुको विकल्प नरहेको बताएका छन्  ।

नेपाल जिम्मेवार व्यवसाय सम्मेलनको मंगलबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सहमति भन्नेहरुले हठ नत्यागेसम्म सहमति हुन नसक्ने पनि बताए ।