पाकिस्तानी विद्यायालय पुन सरकारी नियन्त्रणमा

पुष २, काठमाडौँ-पाकिस्तानको सुरक्षा सैन्यले तालेवान उग्रवादीहरुले कब्जामा लिइ हमला गरेका पेशावरस्थित एउटा विद्यालयमा पुनस् आफ्नो नियन्त्रण कायम गरेका छन्।  उक्त घटनामा कम्तीमा १३० जनाको ज्यान गएको छ, जस मध्ये धेरैजसो बालबालिकाहरु छन्। मारिने विद्यार्थीहरु सैनिक परिवारका थिए। सुरक्षाकर्मीको पोशाक लगाएका पांच या छ जना बन्दूकधारीहरुले उक्त विद्यालयमा प्रवेश गरी हमला गरेका थिए।

प्रहरीले सबै ६ जना हमलाकारी मारिएको र भवनमा बिस्फोटक पदार्थहरुको खाजी भैरहेको बताएका छन्। उक्त हमलालाई पाकिस्तानमा हालसम्म भएको त्यस्तो प्रकारको सबैभन्दा खराब भनिएको छ। हमलामा घाइतेहरुको नजीकका अस्पतालहरुमा उपचार भैरहेको छ । पाकिस्तानी तालेवानका एकजना प्रवक्ताले उत्तरी वजीरीस्तान र खैबर क्षेत्रमा जारी सैनिक कार्वाहीको बदलामा सो हमला गरिएको जनाएका छन्। त्यस क्षेत्रमा हालैको सैनिक कार्वाहीमा सयौं तालेवान लडाकुहरु मारिएका बुझिएको छ।

विद्यालयमा भएको सो हमलामा मारिने धेरैको ज्यान आत्मघाती विस्फोटका कारण गएको हुन सक्ने बताइएको छ। त्यसरी मारिनेमा असी जना भन्दा बढी बालबालिकाहरु रहेका छन्। स्थानीय समय अनुसार विहानको दश बजे तिर बन्दूकधारीहरुको हमला शुरु भएको थियो। ‌ उक्त सैनिक विद्यालयका एकजना कर्मचारी मुदस्सीर अवानले आफूले बन्दूकधारीहरुलाई विद्यालयको पर्खाल चढेर प्रवेश गरेको देखेको बताएका छन्। बीबीसी