सार्वजनिक सवारीमा आरक्षित सिट कार्यान्वयनको अनुगमन

traffic-policeपुुस १, काठमाडौँ-महानगरीय ट्राफिक प्रहरीले सार्वजनिक यातायातका सवारी साधनहरुमा आरक्षित सिट कार्यान्वयनको अनुगमन र चेकजाच अभियानलाई तिव्र पारेको छ ।

सार्वजनिक यातयातमा महिला तथा अशक्तहरुका लागी आरक्षित सिट राख्नु पर्ने व्यावस्था सवारी तथा यातयात व्यावस्था ऐन २०४९ मा रहेको छ । ऐन अनुसार ठूलो सवारी साधन भए शुरुका ६ वटा सिट, मझौला गाडी भए शुरुका ४ वटा र माइक्रो वसहरुमा ३ वटा सिटहरु महिला तथा अशक्तहरुलाइ भनी छुट्टाइ आरक्षणको व्यवस्था गर्नुपर्ने छ । विभिन्न अधिकारवादी संस्थाहरु र महिला तथा अशक्तहरुले पनि सार्वजनिक यातयातका साधनहरुमा कानूनले तोके बमोजिमका सिटहरु आरक्षित गरी कार्यान्वयन गर्नु पर्ने आवाजहरु उठ्न थालेपछि ट्राफिक प्रहरीले अभियान चलाएको हो ।

सार्वजनिक यातयातको साधनहरुमा ढोकाको सामुन्ने सवैले देख्न सक्ने स्थानमा महिला तथा अशक्तहरुको आरक्षित सिट भनी सिट नं सहित लेखेको हुनुपर्दछ । अनुगमनको क्रममा त्यस्ता् लेखेको कुनै पनि वसमा नपाइएको जनाइएको छ । आरक्षित सिट कार्यान्वयन अनुगमनका क्रममा आज ५ सय ६८ वटा सवारी साधनहरु कार्वाहीको दायरामा आएका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।