विद्यालयमा तालिबानको आक्रमण, ८० विद्यार्थीसहित १३० को मृत्यु

पुष १,एजेन्सी-पाकिस्तानको पेशावर सहरस्थित एक सैनिक विद्यालयमा तालिबान बन्दुकधारीले आक्रमण गर्दा ८० विद्यार्थीसहित कम्तीमा एक सय तीस जनाको मृत्यु भएको छ । मारिनेमा अधिकाँश बालबालीका , शिक्षक र अर्ध सैन्य बलका सदस्य रहेका छन् ।
१५ सय विद्यार्थी अध्यनरत सो विद्यालयमा बन्दुकाधारीहरु प्रबेश गरि अन्धाधुन्द गोली चलाएको अन्तराष्ट्रिय सञ्चार माध्यमह्ररुले जनाएका छन.् । कारबाहीमा घाइते भएका कम्तीमा ४० विद्यार्थी र शिक्षकलाई अस्पताल लगिएको जनाइएको छ । घाईते मध्ये कयौको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । सेनाले करिब ५ सय विद्यार्थीलाई विद्यालयबाट निकालेको र अझै धेरै विद्यार्थीहरु तालीवानको कब्जामा रहेको बताइएको छ ।

Paeshabar-school_attack

 

सैन्य पोशाक लगाएका ५ जना बन्दुकधारी विद्यालयमा प्रवे

श गरि अन्धाधुन्द गोदी प्रहार गरेको समाचारमा जनाइएको छ । तालिबानका प्रवक्ताले आफ्ना लडाकूविरुद्ध सेनाले गरेको कारबाहीको बदलामा यो आक्रमण गरेको जनाएका छन् । पाकिस्तानी सेनाले पेशावर नजिकको उत्तरी बजिरिस्तानमा तालिबानविरुद्ध बृहत सैन्य कारबाही गरिरहेको छ । उक्त कारबाहीमा ठूलो संख्यामा तालिबानलडाकू मारिएका छन् ।

यसैविच पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाले बालबालीकालाई निसाना बनाएर तालीवानले राष्ट्रिय क्षती पुर्याएको बताउनुभएको छ । तालीवान बिरुद्धको कारवाहिमा आफुले प्रत्यक्ष निगरानि राख्ने बताउनुभएको छ ।
यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पेशावर घटनालाई आतङककारी विरुदको कारवाहिमा एक हुन जरुरी रहेको बताउनुभएको छ । पेशावर घटनालाई लिएर अन्तराष्ट्रिय समुदायले तालीवानको भत्सर्ना गरेका छन् ।

यसैवीच पाकिस्तानको पेशावरमा भएको आतंकाकारी आक्रमणको नेपालले भत्सर्ना गरेकोछ । परराष्ट मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी ठूलो संख्यामा मानवीय क्षेति हुने गरी विद्यालयमा भएको सो घटनाले नेपाललाई स्तब्ध बनाएको र सो घटना अमानवीय, आतंकारी भएको बताएको छ । नेपालले घटनमा परि कब्जामा रहेकाहरुको तत्काल सकुशल रिहाई तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।