एसिया प्यासिफिकका अल्प विकसित मुलुकको बैठक सुरु

पुष १, काठमाडौँ-एसिया प्यासिफिक क्षेत्रमा रहेका १३ अल्प विकसित मुलुकको बैठक आजदेखि राजधानीमा सुरु भएको छ । मन्त्रीस्तरीय बैठकमा नेपाल, बंगलादेश, अफगानिस्तान, भुटान, कम्बोडिया, किरिवाटी, लावो, म्यानमार, सोलमन आइसल्यान्ड, टिमोर–लेस्टे, टुभालु, भनौतु र यमनका मन्त्री तथा उच्चस्तरका अधिकारीको सहभागिता रहने बताइएको छ । तीनदिने बैठक दातृ निकाय तथा मुलुकका प्रतिनिधि, राष्ट्रसंघका उच्च अधिकारीहरू पनि सामेल हुनेछन् ।

बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन् । राष्ट्रसंघका उपमहासचिव तथा अतिकम विकसित, भूपरिवेष्ठित तथा साना टापु मुलुक हेर्ने उच्च प्रतिनिधि ज्ञानचन्द्र आचार्य, राष्ट्रसंघका लागि नेपालमा स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई पनि सहभागि हुनेछन् ।