जयवर्द्धनेले ट्वीट गर्दै संन्यास लिने रहस्य खुलाए

पुष १, काठमाडौँ-श्रीलंकाका क्रिकेट खेलाडी महेला जयवर्धने ले संन्यास लिने भएका छन् । उनले आईसीसी क्रिकेट वर्ल्डकप २०१५ पछि वनडे क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । उनले ट्वीट मार्फत आफ्नो सन्यासको रहस्य खुलाएका हुन् । ट्विट गर्दै उनले  कि अन्तिम पटक आफ्नो मैदानमा आफ्ना साथीहरूसंग अभ्यासका लागी जाँदैछु भनेर लेखका छन् । यसैबिच मंगलवार श्रीलंका र इङ्ग्ल्याण्डका बीचमा सीरीजको सातौं तथा अन्तिम खेल हुन लागेको छ ।

यो खेल श्रीलंकाको भूमिमा महेलाको अन्तिम खेल हुनेछ । यस खेलका लागी प्र्याक्टिस गर्नु अघि जयवर्द्धनेले उक्त ट्वीट गरेका थिए । यद्दपी, उनले वर्ल्डकप भन्दा अघि न्यूजिल्याण्डमा वन डे सीरीज खेल्नेछन ।संसारका चर्चित क्रिकेटरहरू मध्येका एक महेला जयवर्धनेले आफ्नो देशका लागी कयौं पारीहरू खेलिसकेका छन ।

उनले श्रीलंकाका लागी १४९ टेस्ट म्याचहरूमा ११ हजार ८ सय १४ रन बनाएका छन । टेस्ट म्याचहरूमा उनको नाममा ३४ शतक र ५० अर्द्धशतक रहेको छ । त्यस्तै ४३३ वन(डे इन्टरनेशनल म्याचहरूमा उनले १२ हजार दुइ सय १९ रन बनाएका छन । जसमा १७ शतक र ७६ अर्द्धशतक रहेका छन । आईसीसी क्रिकेट वर्ल्डकपमा जयवर्द्धने सबैभन्दा अनुभवी खेलाडीहरूमध्येका एक हुन ।