बेलायती राजदूत बेलायत फर्केपछि कार्यबाहक राजदूतसग मागियो स्पष्टिकरण

मंसिर २९, काठमाडौं –परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कुनैपनि विदेशीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्ने बताउनुभएको छ । उहाँले ‘बेलायती राजदूत एन्डी स्पाक्र्सले ‘नया“ संविधानमा धर्म परिवर्तनको अधिकार सुरक्षित गर्न भन्दै खुला अभियान थाल्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप’ भएको बतायनुभएको हो ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा मन्त्री पाण्डेले बेलायती राजदूतले कूटनीतिक मर्यादा उल्लंघन गरेको समेत बताउनुभयो । सो अवसरमा पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सन्चारमाध्यमले संयमित भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताएका थिए ।

यसैबीच, धर्म परिवर्तनको पक्षमा वकालत गरेका बेलायती राजदूत स्पाक्र्स बेलायत फर्केपछि उनीसग स्पष्टिकरण सोध्ने सरकारको प्रयास असफल भएको छ । तर, आज परराष्ट्र मन्त्रालयले बेलायती दूतावासका ‘चार्ज डी अफेयर्स’ गाइ ह्यारिसनलाई मन्त्रालयमा बोलाएर स्पष्टिकरण सोधेको छ ।

परराष्ट्र सचिव शंकर बैरागीले बेलायती कार्यबाहक राजदूत ह्यारिसनसग राजदूत स्पाक्र्सको अभिब्यक्तिबारे जवाफ मागेका थिए । बेलायती राजदूतको अभिव्यक्तिविरुद्ध नेपालमा विरोध चर्केपछि उनी छुट्टिका लागि भन्दै हिजो राति नै बेलायत फर्केको बुझिएको छ ।