सहमति नगरि प्रक्रियामा गए प्रतिरोध गर्ने एमाओवादीको चेतावनी

मंसिर २९, काठमाडौं – एकीकृत नेकपा माओवादीले संविधानका मुख्य विषयवस्तुमा सहमति नगरि प्रक्रिया अगाडि बढाए कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

एमाओवादीको आज बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संघीयता, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा प्रमुख दलबीच सहमति भएपछि मात्र प्रक्रिया अगाडि बढाइनुपर्ने अन्यथा प्रतिवाद गर्ने निर्णय गरेको हो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दलहरुबीचको बैठकमा भएको छलफलका बारेमा जानकारी गराएपछि संसदीय दलले विवादित विषय फेरि संविधानसभामा फर्काउनका लागि दबाब दिने निर्णय गरेको हो ।
मुख्य विषयमा प्रमुख दलहरुबीच सहमति भएपछि मात्र नियमावली र आन्तरिक कार्यतालिका परिवर्तन गरिनुपर्ने एमाओवादीको भनाइ छ । संसदीय दलले संविधान निर्माण्ँको प्रक्रिया निकै जटिल मोडमा पुगेको भन्दै संविधानसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सभासदलाई निर्देशन समेत दि