समयमै संविधान भन्दै युवाहरुको दबाब अभियान सूरु

मंसिर २९, काठमाडौं –‘संविधानका लागि हामी’ भन्ने युवाहरुको अभियानले ताकिएकै समयमा नयाँ संविधानजारी गर्न मागगर्दै दबाबमुलक अभियान घोषणा गरेको छ ।
सबै दलबीचको सहकार्य र सहमतिमा तोकिएकै समयमा नयाँ संविधान पाउनुपर्नेमा जोड दिर्दै अभियान शुरु गरेको उनीहरुले बताएका छन्। अभियानकी संयोजक विद्यार्थी नेतृ अस्मिता बर्माले महिला हिंसा, विभेद, आरक्षणको कुराको अलवा राजनीतिक आर्थिक, सामाजिक र शैक्षिक विषयलाई अग्रभागमा राखेर संविधान समयमै जारी गर्नुपर्ने बताउनु भयो ।
परिवर्तनपछि नेपाली जनताको अधिकार सुनिश्चित गर्न नेताहरुले नयाँ संविधान तोकिएकै समयमा जारीगर्नुपर्ने बताउनु भयो । अर्का अभियन्ता नारायण कडरियाले संविधान निर्माणका लागि नेताहरुका घर–घरमा विद्यार्थीहरुले ज्ञापनपत्र बुझाउन जानुपर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनु भयो ।
विद्यार्थी नेता कुन्दनराज काफ्लेले युवा वर्गले चालेको अभियान सकारात्मक भएको भन्दै यसमा नोपल विद्यार्थी संघको पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । अनेरास्ववियुकी महासचिव नविना लामाले युवाविद्यार्थीहरुको हकअधिकारको लागि तोकिएको समयमै संविधान जारी हुनुपर्ने भन्दै युवा विद्यार्थीहरु त्यसकालागि आन्दोलीत हुनुपर्ने बताउनुभयो ।