बढ्यो लोडसेडिङ , अब सातामा ७१ घन्टा (नयाँ तालिका सहित)

मंसिर २९, काठमाडौं -नेपाल विद्युत प्राधिकरणले पौष २ गते लागुहुने गरि  लोडसेडिङको समयावधि थपेको छ । प्राधिकरणले आज तालीका सार्वजनिक गदै अब दैनिक अधिकतम् ११ घन्टासम्म लोडसेडिङ हुनेछ । प्राधिकरणले सातामा ७१ घन्टासम्म विद्युत कटौती हुने जनाएको छ ।

loadsedding talika

विद्युत प्रणालीमा लोड बृद्धि र पहिरोबाट क्षति भएको विद्युत गृह हालसम्म सन्चालनमा आउन नसकेको कारण उल्लेख गर्दै प्राधिकरणले साविकको लोडसेडिङ तालिकामा हेरफेर गर्नुपरेको जनाएको छ ।

यस अघि चिसो पनी सुरु भइनसकेको र बिजुली पनि खपत पनि खासै नहुने भन्दै सामान्य लोडसेडीगं गर्दै आएको प्राधिकरणले दैनिक ११ घण्टामा बढाएपछि उद्योगधन्दा र सर्वसाधारणलाई मार पर्ने देखिन्छ ।