संविधान बनाउने दबाद लिदन अनेरास्ववियुले थाल्यो हस्ताक्षर अभियान

मंसिर २९, काठमाडौं-नेकपा  एमालेको भातृ संगठन अनेरास्ववियुले निर्धारित समयमा संविधान जारी गर्न सरकार र शीर्ष नेताहरुलाई दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान सुरु गरेको छ । राजधानी काठमाडौंका साथै मेची–महकालीसम्म अभियान सन्चालन गरिएको अनेरास्वबियुका प्रवक्ता आरसी लामीछाने बताए ।

प्रवक्ता लामिछानेका अनुसार ३ दिन सम्म चल्ने अभियानबाट संकलित हस्ताक्षर सरकारलाई बुझानेछ । अनेरास्ववियुले आज भृकुटीमण्डप, रत्नपार्क, बालाजु, ठमेल, चाबहिल, नयाँ बानेश्वरमा हस्ताक्षर अभियान केन्द्र राखेर सर्वसाधारणको हस्ताक्षर संकलन गरेको थियो ।