अन्तरिम समयकालागि स्थानीय चुनाव : उपप्रधानमन्त्री सिंह

मङ्सिर २९, काठमाडौँ- उपप्रधानमन्त्री प्रकाशमान सिंहले अन्तरिम समयावधिका लागि स्थानीय निकायको निर्वाचन हुनुुपर्ने बताउनु भएको छ । काठमाडौ“ महानगरपालिकाको २० औं स्थापना दिवसका अवसरमा आज आयोजित कायक्रममा मन्त्री सिंहले लामो समयदेखि स्थानीय निकायको चुनाव हुन नसक्दा जनताले अपेक्षा गरेअनुसारका सेवा पाउन नसकेकोले अन्तरिम समयका लागि मात्रै भए पनि स्थानीय निकायको चुनाव गराउनुपर्ने धारणा रख्नु भएको हो ।
सरकारले राष्ट«िय सभागृहको सञ्चालन र व्यवस्थापन काठमाडौं महानगरपालिकाको भावनाबमोजिम नै गर्ने बताउनु भएको छ । १८ औं सार्क शिखर सम्मेलनको लागि विशेषरुपमा तयार पारिएको राष्ट«िय सभागृहलाई कस्ले प्रयोग गर्ने भन्नेमा महानगरपालिका र शहरी विकास मन्त्रालयबीच विवाद भएको समाचारहरु आएको छ ।
स्थानीय विकास मन्त्री समेत रहेका सिंहले राष्ट«िय सभागृहको आगामी दिनमा उचित व्यवस्थापन गर्न सरकारले समिति गठन गरे पनि त्यो महानगरकै हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउनु भयो । कायक्रममा उत्कृष्ट काम गर्ने महानगरका कर्मचारी र सार्कका बेला महानगरको काममा सहयोग गर्नेे निकायहरुलाई पुरस्कृत गरिएको थियो ।