प्रतिकुल मौसमका कारण उडान सेवा ठप्प

मंसिर २९, काठमाडौँ-गत शनिबार देखि प्रतिकुल बन्दै गएको मौसमका कारण उडान सेवा प्रभावित बनेको छ । बढ्दै गएको चिसो र हुस्सु कारण राष्टिय तथा अन्तराष्टिय हवाई सेवा समेत प्रभावित बनेको हो । मुलुककै एकमात्र  त्रिभुवन विमानस्थलबाट अहिलेसम्म कुनै पनि उडान हुन सकेको छैन ।

बाक्लो हुस्सुका कारण आन्तरिक तथा बाह्य उडानहरु अहिलेसम्म हुन नसकेको विमानस्थलले जनाएको छ । यसअघि हिजो नेपालबाट विभिन्न देशका लागी उडेका विमानहरु विभिन्न स्थानमा डाइभर्सन गरे पनि गन्तव्यमा पुग्न भने नसकेको विमानस्थलले जनाएको छ ।

आज पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुनेछ भने पश्चिमी उच्च क्षेत्रमा सामान्य हिमपात पनि हुन सक्ने जनाइएको छ । भोलिदेखि मात्र मौसममा सुधार आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।