राष्ट्रपति रनिङ शिल्डमा आज क्षेत्रिय खेल सम्पन्न हुने

मंसिर २९,नवलपरासी-राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आजदेखि क्षेत्रिय खेल सम्पन्न् हुदैछन् । नवलपरासीमा जारी खेलमा  ६ वटा क्षेत्रमा सञ्चालन गरिएको प्रतियोगितामा आज अन्तिम दिन विभिन्न स्पर्धामा खेल खेलाउँदै फाइनलका लागि प्रतिस्पर्धा गराईने जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।

नयाँ खेलाडी पहिचान गर्ने मुख्य कडीका रुपमा लिईने प्रतियोगितामा जिल्लाका करिव १६० विद्यालयका ५ हजार भन्दा विद्यार्थीहरु प्रतिस्पर्धामा छन् । क्षेत्रिय खेलमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र विद्यालय फाईनलमा आफ्नो स्थान बनाउने छन् । फाईनल खेल पर्सीदेखि सुरु हुने आयोजकले जनाएको छ ।