नेपाल बैंकबाट राष्ट्र बैंक बाहिरियो

काठमाडौं-राष्ट्र बैंकले नेपाल बैंकको व्यवस्थापनबाट आफ्नो नियन्त्रण फुकुवा गरेको छ । १३ वर्षसम्म केन्द्रीय बैंकको नियन्त्रणमा रहेको नेपाल बैंकमा आइतबार विशेष साधारणसभा गरेर छाडिएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।

नेपाल बैंक मुलुककै पहिलो बैक हो । लामो समयपछि यो बैंक आफ्नै संचालकको हातमा पुगेको छ ।

वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत २०५८ चैत्र १ गतेबाट  राष्ट्र बैंकले नेपाल बैंकलार्य नियन्त्रणमा लिएको थियो । ५० प्रतिशतभन्दा बढी खराब कर्जा र पुँजी कोष ठूलो रकमले ऋणात्मक भएपछि  बचत सुरक्षित गर्नका लागि  राष्ट्र बैंकले हात हालेको थियो ।