आफ्नै दलको काममा ब्यस्त छन शीर्ष दलका शीर्ष नेताहरु

मंसिर २९, काठमाण्डौ-संघीयतासहित संविधानका विवादित विषयबारे दलहरु निर्णायक छलफलमा जुट्नुपर्नेमा तीनै दल आफ्नै दलभित्र  ब्यस्त रहेका छन् । विवादित विषयबारे सत्तारुढ एमाले लगायतका दलहरुसँग मिलेर अघि सारेको संयुक्त प्रस्तावका आधारमा संविधानसभामा मत राख्न कांग्रेसले आफ्ना सभासद्हरुलाई निर्देशन दिएको छ ।

‘कांग्रेस, एमाले, राप्रपा, बहुजन शक्ति पार्टी र स्वतन्त्र सभासदसहित संयुक्त रुपमाबाट संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा संविधानका अन्तरवस्तुका सम्बन्धमा प्रस्तुत गरेका साझा अवधारणामा आधारित भएर पार्टीका सभासदले संविधानसभाको वैठकको छलफलमा विचार प्रस्तुत गर्ने, संसदीय दलको निर्णयमा भनिएको छ ।

यस्तै, एमाले अध्यक्ष केपी ओली र नेता माधवकुमार नोपल खेमाबीच सहमति भएपछि एमालेले पोलिटब्युरो सदस्यहरु सर्वसम्मतिले चयन गरेको छ । एमाओवादी भने सात महिनाअघि चुनिएको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।