नेपालबाट विवाहको प्रस्ताब आए सोच्नेछु : कपिल शर्मा

काठमाण्डौ-कमेडी एक्टर कपिल शर्माले आफ्नो कार्यक्रममा कसैको आँखा लागेको बताएका छन् । शनिबार रशरथ रंगशालनमा हुने भनि तय भएको कार्यक्रम स्थगित भएपनि कपिल शर्माले काठमाडौं आएका थिए । उनले भने कार्यक्रम स्थगित भएको मैले भारतमै हुदाँ थाहा पाईसकेको थिए सुरु सुरुमा त विश्वास नै लागेन तर पछि आधिकारिक रुपमा खबर आएपछि आफु निकै दुखी भएको बताउदैं कपिलले तर पनि नेपाल जस्तो सुन्दर देशमा आफु आउन नछोडेको बताए ।

कपिलले भने सारा नेपालीलाई एकसाथ हँसाउने सुर थियो तर मेरो कार्यक्रममा कसैको आँखा लाग्यो तर अर्को पटक नेपाल आउदा सब परिवारका साथ काठमाडौं आउने कपिलले बताए । आफूलाई मन पर्ने ठाउँ भएकाले कार्यक्रम रद्द भए पनि काठमाडौं आएको उनले बताए । कपिलले पत्रकार सम्मेलनमा सगरमाथा भारतमा पर्छ भनेर आफूले नभनेको समेत स्पष्टिकरण दिए । नेपाल पनि आफुलाई आफ्नो घर जस्तो लाग्ने बताउदैं अविवाहित कपिलले आफुलाई नेपालबाट विवाहको प्रस्ताब आए सोच्ने समेत बताए ।