बर्षा र हिमपातका कारण जनजीवन प्रभावित, आज पनि मौसम प्रतिकुल नै रहने

मंसिर २९, काठमाडौं-शनिबार देखि भएको बर्ष र हिमपातका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । पुषको अन्त्यतिर वा माघको पहिलो हप्ता हुने हिउँदे बर्ष यो बर्ष अरेबियन सागरबाट आएको ओसीलो वायु नेपालमा प्रवेशह गरेका कारण समय अगावै बर्षा र र हिमपात भएको मौसमविद्ध मिन कुमार अर्यालले जानकारी दिए । मौसमद्धि अर्यालका अनुसार आज पनी मुलुकका अधिकांश स्थानमा बर्षा र हिमपात हुनेछ भने  बेलुकी पख मध्य र पुर्व तिर सुधार हुनेछ ।

त्यस्तै पश्चिममा भोलीसम्म पनी बर्षा भइरहनेछ । यसैबिच वर्षा र हिमपातका कारण तापक्रम घट्ने क्रम जारी छ। देशैभरिको तापक्रम यो महिनाको औसतभन्दा तल झरेको छ। मुगु, डोल्पा, मनागं, मुस्तागं लगायतका उच्च हिमाली जिलहरुमा मानिसहरु घरबाट नै बाहिर निस्किएका छैनन् भने पसल पनि बन्द छन् । काठमाडौंमा आइतबार अधिकतम तापक्रम ९. २ डिग्री सेल्सियस० र न्यूनतम तापक्रम ९९ २ डिग्री सेल्सियसको फरक तीन डिग्री सेल्सियसमात्रै रह्यो जसका कारण बढी चिसो अनुभव भएको थियो। २४ घन्टामा १२.३ मिलिमिटर वर्षा भएको थियो।

अघिल्लो दिन राजधानीको न्यूनतम तापक्रम ३.५ तथा अधिकतम १९.८ डिग्री सेल्सियस थियो। पश्चिमी वायुका कारण छिटफुटमात्रै वर्षा हुने अनुमानविपरीत राजस्थानमा विकास भएको मौसम प्रणालीले थप दुई दिन देशभरिको मौसम प्रभावित गरेको हो। यसैबिच तराईमा अझैपनि शितलहर पर्ने क्रम बढेको बढ्यैछ । राजधानी लगायत मुलुकभरका जनता यसबाट प्रभावित बनेका छन् ।

तस्बिर सौजन्य : मौसम पुर्वानुमान महाशाखा