गाविस कर्मचारीहरुको आन्दोलन जारी

मंसिर २९, बैतडी-सुदूरपश्चिमका बैतडी, दार्चुला लगायतका गाविस कर्मचारी संघहरुले हिजोदेखि जिविस धर्ना दिदै सुरु गरेको आन्दोलन आज पनि जारी रहेको छ । पटक पटक आफ्ना मागहरु राख्दासमेत सरकारले कुनै सुनुवायि नगरेका कारण संघहरुले आन्दोलन सुरु गरेको जनाएका छन् ।

यो  आन्दोलनमा पनि सम्बन्धित निकायबाट कुनै पहल नभए थप आन्दोलनका कार्यक्रमहरु घोषण गरीने नेपाल गाविस कर्मचारी संघ जिल्ला कार्यसमिती बैतडीका अध्यक्ष डम्बरदत्त भट्टले बताए । गाविसका कर्मचारीका व्यवस्थामन नगरी अर्थात सचिव बाहेक गाविसमा रहेका अन्य कर्मचारीहरुको वेवास्ता गरी गाविस सचिवको झोलामानै गाविस कार्यालय हुने ब्यवस्थाको विरोध गदै संघहरुले आन्दोलन थालेको भट्टले बताए ।

गाविस सचिव धेरै समयसम्म बाहीर बस्दा गाविसमा रहेका अन्य कर्मचारी अर्थात प्राविधिकहरुलाई निमित्त दिनुपर्ने, निजामति कर्मचारी सरहको सेवा सुविधा आफुहरुलेपनि पाउनुपर्ने, अस्थायि गाविस कर्मचारीहरुलाई स्थायि गर्नुपर्ने लगायका मागहरुसहित आफुहरु आन्दोलनमा उत्रिएको गाविस कर्मचारीहरुको भनाईछ ।