लव यू बाबाको प्रिमियरमा सौगात मख्क

काठमाडौँ-यसै साता अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘लव यू बाबा’को राजधानीमा प्रिमियर भएको छ । ८ बर्षिय निर्देशक सौगात विष्टले निर्देशन गरेको यस चलचित्रको प्रिमियर शोबाट निस्केका सबैले उनको तारिफमा नै समय खर्चिए ।

एक बालकको कामको व्यग्र प्रतिक्षामा रहेका नेपाली चलचित्रका शुभचिन्तकले बुधवार साँझ ‘सिने दि सेफ’मा आफुलाई प्रसन्न पाए । एक आठ बर्षिय बालकको काम देखेर चलचित्र जगतका सम्पूर्ण खुशी देखिए । अपत्यारिलो तवरले उनले परिपक्क क्षमता प्रदर्शन गरेको सबैले बताए । चलचित्र सुरु हुनुअघि निर्देशक बिष्टले मन नपरे आफुलाई र मन परे अन्यलाई भन्न आग्रह गरे ।

गजित विष्ट, अशिष्मा नकर्मी, निर्मल शर्मा, संगम बिस्ट, निश्मा घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रले एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ समेटेको छ । वियोगान्त शैलीको यो चलचित्र हेर्दा सबैका आँखा रसाएका थिए ।
चलचित्रमा गजित बिस्टको कथा र गम्भीर बिस्टको पटकथा तथा संवाद रहेको छ । चलचित्र ‘लब यू बाबा’लाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सत्य(स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् ।