सबैभन्दा राम्रो व्यायाम सेक्स : सर्वेक्षण

काठमाडौँ-तपाई  स्वस्थ रूपमा यौन क्रियाकलापमा संलग्न हुनुहुन्छ भने तपाइले तपाइले निर्धक्स रुपमा नियमित सेक्स गर्दा त्यसले कुनै हानि गर्दैन । हालै बेलायतमा गरीएको एक सर्वेक्षणले नियमित सेक्स गर्दा शरीरलाई चाहिने ५० प्रतिशत व्इामको काम गर्ने सर्वेक्षणले देखाएको छ । । सर्वेक्षणले स्वस्थ यौनक्रिया सबैभन्दा राम्रो व्यायाम भएको बताउँदै यौनले शारीरिक मात्रै नभई मानसिक स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउँने जनाएको छ ।  ‘स्वस्थ सम्भोग पौडी खेल्नुभन्दा राम्रो व्यायाम हो,’ सर्वेक्षणका एक ज्ञाताले भने  सम्भोगबाट मानसिक सन्तुष्टिसमेत पाइन्छ ।’

यौन गतिविधि स्वस्थ र नियमित रहे शरीरलाई धेरै फाइदा पुग्ने तथ्य यसअघिका अध्ययनले समेत देखाएका छन् । नर्थ क्यारोलिना र पिटरबर्ग विश्वविश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार यौनक्रियाले शरीरमा ‘आक्सिटोसिन’ हार्मोनको मात्रा बढाउँछ । यसबाट यौनसाथीको आपसी सम्बन्धमा प्रगाढ हुन थाल्छ, एकअर्काप्रति विश्वास बढ्छ । यही प्रकृतिका कारण आक्सिटोसिन हार्मोनलाई ‘लभ हार्मोन’ समेत भनिन्छ । यौनले रक्तचाप पनि नियन्त्रण गर्छ । स्कटल्यान्डमा २४ महिला र २२ पुरुषमा गरिएको अध्ययनमा के देखियो भने नियमित यौनक्रियामा संलग्नहरू तनावबाट पनि मुक्त हुन्छन् ।

विलकिस विश्वविद्यालयसम्बद्ध विशेषज्ञहरूले एक सय १२ विद्यार्थीमा गरेको अध्ययनअनुसार सम्भोगपछि उत्पन्न हुने ‘इम्युनोग्लोबलिन’ रुघालगायत संक्रमण रोक्न सहयोगी हुन्छ । हाम्रो समाजमा अलि वृद्ध अवस्थामा सम्भोग गर्दा हृदयाघातको जोखिम बढ्ने भ्रमसमेत व्याप्त छ । बेलायती विशेषज्ञहरूले भने यो कुरामा अलिकति पनि सत्यता नरहेको पुष्टि गरेका छन् । हृदयाघात भएका ९ सय १४ पाका पुरुषमा गरिएको अध्ययनअनुसार उनीहरूमा हृदयाघात हुनुमा यौनक्रियाकलापको कुनै सम्बन्ध नरहेको इपिडिमियोलजी एन्ड कम्युनिटी हेल्थको जर्नलमा उल्लेख छ । यौनले मोटोपना घटाउनसमेत सहयोग गर्छ । आधा घन्टाको यौनक्रियाले शरीरमा दुई सय क्यालोरी डढाउँछ ।विशेषज्ञहरू के भन्छन् भने यौनले एन्डरोफिन हार्मोन बढाउनाले दुखाइमा कमी आउँछ । सम्भोगपछि टाउको वा जोर्नीको दुखाइ हराएको अनुभव त पक्कै गर्नुभएको होला ।

युरोलजी इन्टरनेसनलको ब्रिटिस जर्नलमा छापिएको प्रतिवेदनअनुसार यौनले के युवा के वृद्ध सबै पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ । यौनबाट फाइदा महिलालाई पनि कम छैन । चुलोचौकामा लाग्दालाग्दा उनीहरूमा कम्मर दुख्ने समस्या बढी देखिने गरेको छ । यसको कारण ‘पेल्भिक पmलोर’ मांसपेशी कमजोर हुनु हो । यो मांसपेशीलाई बलियो बनाउने भरपर्दो उपाय सम्भोग नै रहेको विशेषज्ञहरू बताउँछन् । सुखद यौनसम्बन्धले अनिद्रालाई भगाउँछ । मज्जाले निदाउने भएपछि तौल र रक्तचाप नियन्त्रित हुनु स्वाभाविकै भयो ।नियमित यौनले दुखाइ, मोटोपन, तनाव घटाउँछ रक्तचाप सामान्य राख्छ एकआपसमा विश्वास बढाउँछ राम्रो निद्रा लाग्छ आत्मसम्मान बढाउँछ संक्रमण रोकथाम गर्छ महिलामा कम्मर दुखाइ हटाउँछ पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउने समेत उक्त अध्ययनले देखाएको छ ।