एमाले पोलिटब्यूरो र स्थायी कमिटी सदस्यको निर्वाचन शुक्रबार

मंसिर २५, काठमाडौँ-लामो समयदेखि निष्कर्षमा पुग्न नसकीरहेको  नेकपा एमालेको पोलिटब्यूरो र स्थायी कमिटी सदस्यको टुगों भोली लाग्ने भएको छ ।  सहमतिको प्रयास विफल भएपछि भोली निर्वाचनका माध्यमबाट सदस्यहरुको छिनोफानो लाग्ने भएको जानकारी सचिव प्रदिप ज्ञवालीले जानकारी दियो ।

पार्टी कार्यालय बल्खुमा शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले निर्वाचनको प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई जिम्मा दिने समझदारी गरेको छ । पार्टी भित्र देखिएको विवाद मिलाउन पदाधिकारी बैठकले उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलको दुई सदस्यीय कार्यदल गठन गरेको छ ।

आजको पदाधिकारी बैठकमा सहमति बिना नै संस्थापन पक्षले विधान प्रकाशित गरेको र महाधिवेशनको निर्णय विपरीत पोलिटब्यूरो सदस्य हुने योग्यता तोकिएकोभन्दै  नेता मधवकुमार नेपाल पक्षले आपत्ति जनाएको थियो । नेपाल पक्षले पोलिटब्यूरो सदस्य बन्नका लागि कम्तिमा दुई कार्यकाल पूर्ण केन्द्रीय सदस्य भएको हुनुपर्ने अडान राखेको छ ।