काँग्रेस केन्द्रीय सदस्यले कडा रुपमा गरे आफ्नै सरकारको आलोचना

मंसिर २५, काठमाडौँ-संविधानसभाको सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेसको लामो समय पछि बसेको केन्द्रिय कमिटिको बैठकमा नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारको आलोचना गरेका छन् ।  नेताहरुले पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारको  कार्यशैली चित्तबुझ्दो नभएकोभन्दै आलोचना गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बिहिबार देखि सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नै पार्टीले सरकारको नेतृत्व गरे पछि प्रधानमन्त्री कोइरालाले आफ्ना सदस्यबाट आलोचना भन्दा सहयोग र सुझाव आवश्यक रहेके बताएका थिए । सो अवसरमा  केन्द्रीय सदस्यहरु प्रदीप गिरी, प्रकाशसरण महत लगायतका नेताले संविधान निर्माणमा केन्द्रित नभई नगरपालिका घोषणातर्फ लाग्नु बेठीक भएको बताएका थिए ।

पर्याप्त गृहकार्य नगरी हचुवाको भरमा नगरपालिका घोषणा गरेको भन्दै केन्द्रीय सदस्यहरुले स्थानीय विकासमन्त्री प्रकासमान सिंह पनि आलोचना गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । केन्द्रिय समितिको अर्को बैठक भोलि विहान बस्ने काँग्रसले जनाएको छ ।