एमाले केन्द्रीय कमिटी बैठक आज

मंसिर २४, काठमाडौं-नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । यसअघि गत २२ गते बसेको बैठकमा संविधानका विवादमा केन्द्रित हुने भन्दै स्थगित बैठक आज बस्न लागेको हो । आजको बैठकमा यसअघि पार्टीमा नेता माधवकुमार नेपालले राखेको असन्तुष्टि र पार्टीका अरु एजेण्डामा छलफल हुनेछ । एमालेले भावी संविधानका विवादित विषयमा सहमतिका लागि लचक भएर अघि बढ्ने निकर्ष निकालेको थियो । आज पार्टीको आन्तरिक एजेण्डामा वैठक प्रवेश गर्ने नेता कल्पना चापागाईले जानकारी दिइन् । पदाधिकारी बैठक बिहान १० बजे बोलाइएको छ ।