६६औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि मनाइँदै

मंसिर २४, काठमाडौं-अन्तर्राष्ट्रिय ६६औं  मानवअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसका अबसरमा नेपालमा पनि मानवअधिकारका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । यो बर्ष राष्ट्रिय मानवअधिकार आयोगले ‘घर–घरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने नारा तय गरेको छ ।

आयोगले पनि यस दिवसका अवसरमा बिशेष कार्यक्रम आयोजना गर्दैछ । सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । सोही संस्थाको पहलमा सन् १९४८ डिसेम्बर १० तारिखका दिन मानवअधिकार सम्बन्धमा विश्वव्यापी घोषणा गरिएको थियो ।

संसारभर रहेका नागरिकहरूको हक, अधिकारको संरक्षण र सम्वद्र्धन गर्नु मानवाधिकार घोषणापत्रको मुख्य उद्देश्य रहेको छ । यही दिनको सम्झनामा हरेक बर्षको डिसेम्बर १० तारिखका दिन संसारभर यो दिवस मनाउने गरिन्छ ।