शीर्ष दलहरु सहमतीको कसरतमा जुट्दै

मंसिर २४, काठमाडौँ-प्रमुख दलहरुबीच संविधानका विबादित भनिएका विषयहरु संद्दियता र शासकीय स्वरुपलाई अन्तिम रुप दिन आज पनि  छलफलमा जसट्दै छन् । यस अघि मंगलबारको  छलफलमा  सहमति नजिक पुगेका दलहरुले त्यसलाई अन्तिम रुप दिने तयारी गरेका छन् । हिजो साँझ भएको छलफलमा चार राजनीतिक पक्षबीच प्रदेश सभाको नाम र निर्वाचन प्रणालीका विषयमा सैैद्धान्तिक समझदारी जुटेको छ । प्रदेशको संख्या र त्यसको भगौलिक विभाजनका बारे भने सहमति हुन बाँकी छ । आज दिनभरी एकपक्षीय, दुईपक्षिय छलफल गरेपछि छलफल गरेपछि साँझ त्यसलाई टुङ्गोमा पुरयाउने दलहरुले बताएका छन् । दलहरुको बैठक साँझ ५ बजे बस्ने तयारी छ । संघीयतामा दलहरुबीच संख्या र नाममा मुख्य विवाद छ । कांग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाका शीर्ष नेताको बैठकले हालकै मिश्रित निर्वाचन प्रणालीअन्तर्गत समानुपातिक र प्रत्यक्षतर्फ संख्या थपघट गरी समझदारी गर्ने पक्षमा नेताहरु पुगेका छन् । दलहरुले आआफ्नो अडानबाट चलक भएर सबैलाई मान्य हुने विकल्पको खोजीमा लागेको जनाएका छन् ।