फुटबलका जिवन्त हस्ती पेले डिस्चार्ज भए

काठमाडौँ-ब्राजिलियन फुटबलर पेले आज अस्पतालबाट डिस्चार्ज भएका छन् । बिबिसीका अनुसार उनको ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचार जारी भएपनि हाल पेलेको स्वास्थ्य अवस्थामा उलेख्य सुधार आएकोले अब घरमा नै बसेर आराम गर्दा पनि हुने भएकाले उनलाई डिस्चार्ज गरिएको हो । गत नोभेम्बर १३ तारिखमा मिर्गौलाको पत्थरी हटाउन शल्यक्रिया गरिएका पेलेको पिसाबमा संक्रमण भएपछि नोभेम्बर २४ तारिखमा फेरि अस्पताल भर्ना गरिएको थियो । संक्रमण बढ्दै जाँदा पेलेलाई सघन उपचार कक्षमा राखेर मिर्गौलाको ‘डायलेसिस’ समेत गर्नुपरेको थियो । तर, अहिले उनको स्वास्थ्य अवस्था सुध्रिएको उनका चिकित्सहरुले बताएका छन् ।