अख्तियारद्धारा घुससहित रंगे हात विद्युत वितरण केन्द्रका सुपरभाइजर पक्राउ

मंसिर २३, नवलपरासी-अख्तियारद्धारा नेपाल विद्युत प्राधिकरण कावासोति वितरण केन्द्र नवलपरासीका सुपरभाइजर दिनेश श्रेष्ठ घुस रकम लिदै गर्दा रङ्गेहात पक्राउ परेका छन् । फर्निचर उद्योग सञ्चालनका लागि आवश्यक पर्ने थ्रि फेस लाईन जोड्नका लागी सेवाग्राहीबाट घुस लिन लागेको भन्ने विशेष सुचनाका आधारमा बुटवलबाट आएको अख्तियारको टोलीले उनलाई १० हजार घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।

नवलपरासीको कावासोती ४ छिपछिपेमा सञ्चालन गर्न लागिएको छिपछिपे फर्निचर उद्योगको लागि विद्युत जडान गर्न आवश्यक पर्ने ६ हजार ९ सय ७६ बाहेक १० हजार २४ रुपैयाँ घुस रकम मागेपछि प्रोपाइटर गोपीकृष्ण शर्माले अख्तियारमा खबर गरेका थिए । सोही खबरका आधारमा कावासोति आएको अख्तियारको टोलिले श्रेष्ठलाई रकमसहित पक्राउ गरेको हो ।