सत्य निरुपण तथा बेपत्ता आयोगको गृहकार्य अन्तिम चरणमा

मंसिर २३, काठमाडौं-पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको संयोजकत्वमा गठित समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

समितीले गत अषाढमा शान्ति प्रक्रियाको प्रमुख खुड्किलो मानिएको  आयोगका बारेमा आज प्रधानमन्त्री सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो कामको प्रगति विवरणका बारेमा बिस्तृतमा जानकारी गरायो ।

समितका अनु सो अवसरमा शीक्र्ष दलका शीर्ष नेताले आ–आफ्नो पार्टीमा छलफल गरी आयोग गठन गर्न आवश्यक सहयोग गर्ने बताएका छन् ।