बन्ने भो किस्नेखोला सिँचाई आयोजना

काठमााडौँ-झापामा १८ करोडको लागतमा साढे ९ सय हेक्टर क्षेत्रफल सिँचाई हुने आयोजना सञ्चालन हुने भएको छ । जसको सिँचाई मन्त्रालयका सचिव माधवप्रसाद रेग्मी र झापा निर्वाचन क्षेत्र नम्बर ६ का सभासद दीपक कार्कीले संयुक्त रुपमा शिलान्यास गरेका छन्।

सरकारको मझौंला सिचाँइ आयोजना अर्न्तगत १८ करोडको लागतमा ३ वर्ष अवधिमा निर्माण सम्पन्न गरिने गरी कन्काई ईन्टरनेसनल बिल्डर्स सुरुङ्गाले आयोजनाको ठेक्का पाएको छ ।

झापाको गौरादहस्थित किस्ने खोलाको सिँचाई आयोजनाको नहर सभा ७ किलोमिटर लामो हुने बताइएको छ । यो झापामा ठूलो क्षेत्रफलमा जमिन सिँचाई हुने आयोजना झापामा ३ वटा पुगेका छन्।