मकवानपुरमा फेरी अर्को सवारी दुर्घटना, २ को मृत्यु ११ घाइते

मंसिर २३, मकवानपुर-मकवानपुरमा फेरी अर्को सवारी दुर्घटना भएको छ । मकवानपुरको  तीनताप्के भन्ने स्थानमा गएराती एउटा यात्रु बस तथा एक ट्रक एक आपसमा ठोक्किएर दुर्घटना  हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।

जनकपुरबाट राजधानी काठमाडौ‌का लागि छुटेको ना ५ ख ११०० नम्बरको उक्त बस तथा नारायणघाटबाट हेटौंडाको लागि छुटेको ना १ क ३७४९ नम्बरको ट्रक एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

बसले ओभरटेक गर्ने क्रममा अर्को ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भैसकेको छैन ।