अख्तियारद्धारा घुस लिँदा लिदै नापीका सर्वेक्षक पक्राउ

मङ्सिर २२ , काठमाडौ-पछिल्लो समय सक्रियता देखाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्का घुसखोरीलाई पक्राउ गर्न सफल भएको छ । सोमबार अख्तियारको विशेष टोलीले नापी सर्वेक्षक जाकिर रहिमलाई १० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ । रुपन्देहीको बुटबल नगरपालिका ११ स्थित नापी कार्यालय १ नम्बर टोलीका नापी सर्वेक्षक रहिमले जग्गा साविक गर्ने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिदै गर्दा पक्राउ गरिएको हो । आबश्यक छानविनका लागि थुनामा राखिएको अख्तियारले जनाएको छ ।