सभासद खड्काको दुर्घटनाबारे छानविन समिति गठन

मङ्सिर २२ , काठमाडौ-५ दिन अघि  सवारी दुर्घटनामा घाइते भएका सभासद  हरिबहादुर खड्काको दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।  सरकारले खड्काको दुर्घटनाबारे नायब महान्यायाधीवक्ता राजेन्द्र सुवेदीको अध्यक्षतामा गठित तीन सदस्यीय छानबिन समितिलाई घटनाको यतार्थ छानविन गर्न निर्देशन दिएको छ । छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक माधवप्रसाद नेपाल र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गणेश अधिकारी रहेको सूचना तथा सञ्चार मन्त्रालयबाट थाहा भएको छ ।

समितिले सात दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्ने पनि बताइएको छ । सांसद खड्का गत बुधबार बलेवा क्याम्पसले आयोजना गर्न लागेको महायज्ञको उद्‌घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा बागलुङमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनको  हिजो साँझ बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।