फोक्सो बिगार्ने नयाँ रोग नेपालमा पनि भित्रियो

काठमाडौ -बल्खुस्थित बयोधा अस्पतालमा केही साताअघि उपचारका लागि भर्ना भएका ती बिरामीमा रोग देखा परेको हो।लक्षण शंकास्पद भएपछि अस्पतालका चिकित्सकले बिरामीको पिसाब पटक(पटक जाँच गरेका थिए।

रोग पुष्टि हुन नसकेपछि ललितपुरस्थित संयक डाइग्नोसिस सेन्टरमा जाँच गर्दा उनीहरूलाई लिगिनायर्स रोग लागेको प्रमाणित भएको थियो। रोग पुष्टि भएलगत्तै अस्पतालका चिकित्सकले महाशाखालाई खबर गरेका थिए। केही महिनायता पोर्चुगलमा लिगिनायर्सको प्रकोप फैलिँदा ११ जनाको ज्यान गइसकेको छ। त्यहाँ यसबाट पीडित करिब चार सयजना अस्पताल भर्ना भएका छन्।  यो दुवै फोक्सो काम नलाग्ने अवस्था उत्पन्न हुने रोग हो।

रोगको रोकथाममा विशेष ध्यान दिन सबै अस्पताल र होटेललाई आग्रह गर्दै महाशाखाले विज्ञप्तिमार्फत यस्ता बिरामीलाई छुट्टै आईसीयू र वार्डमा भर्ना गर्न पनि अस्पतालहरूलाई अनुरोध गरेको छ।