मकवानपुरमा सुमो दुर्घटना, चालकसहित ६ जनाको मृत्यु

मङ्सिर २२, काठमाडौ -मकवानपुरमा सोमबार दिउसो  टाटासुमो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । काठमाडौंबाट हेटौतर्फ जाँदै गरेको ना१ज २४६७ नम्बरको टाटासुमो सोमबार दिउँसो दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

त्यस्तै  धुलिखेलबाट दोलालघाट तर्फ जाँदै गरे को ट्रिपर सोमबार विहान पाँचखालमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बा २ ख १७९६ नम्बरको ट्रिपर सोमबार विहान ११ बजे पाँचखाल नगरपालिका ४ मा सडकबाट अन्दाजी २० फिट तल खस्दा काभ्रे पनौती नगरपालिका ९ का सुवास खत्रीको मृत्यु भएको हो ।