सरकार परिवर्तन हैन बिस्तार गर्न खोजीएको हो : अध्यक्ष ओली

मङ्सिर २२ , काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले वर्तमान सरकारको परिवर्तन नचाही विस्तारका लागि प्रयास गरिरहेको बताएका छन् । नेकपा एमाललेले काँग्रेसलाई छोडेर अन्यत्र मोर्चाबन्दी गरीरहेको भन्न्े खबर हल्ला मात्र भएको बताउँदै उनले संविधान निर्माणमा दलहरुबीचको छलफललाई प्राथमिकता दिनुपर्ने आजको मुख्य आवश्यकता भएको बताएका छन् ।

नेकपा एमाललेको केन्द्रीय कमिटिठी  बैठकमा अध्यक्ष ओलीको समय व्यस्तताका कारण केही बेर बसेर स्थगीत भएको बैठकमा उनले एमालेलाई जनताले विश्वास गरेर समयमै संविधान बनाउन निर्णायक भूमिका निर्वाह गर्न जिम्मेवारी दिएकाले त्यसमा केन्द्रित हुन आह्वान गरेका थिए । अध्यक्ष ओलीले पार्टीहरुबीच सहमतिका लागि अधिकतम प्रयास गर्ने भन्दै नयाँ संविधानविनाको राज्यको परिकल्पना गर्न नसकिने धारणा समेत राखेका थिए ।

 केन्द्रीय कमिटीको आजको बैठक केहीबेर बसेर यही मङ्सिर २४ गतेसम्मका लागि स्थगन गरिएको छ । पार्टीको नवौं महाधिवेशनपछि स्थायी कमिटी, पोलिटब्युरो चयन, जिम्मेवारी बाँडफाँडलगायतका विषयमा निर्णय नगरी यसअघि बैठक पटकपटक स्थगित हुँदै आएको छ ।