डेकेन्द्र थापा हत्यारालाई सजाय कम भएकोमा चिन्ता व्यक्त

मङ्सिर २२, काठमाडौँ  वकालत मञ्च नेपाल ९एड्भोकेसी फोरम० ले पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई न्यूनतम सजायको फैसला दिइएकोमा चिन्ता व्यक्त गरेको छ ।  थापाको कर्तव्य ज्यान मुद्दामा संलग्न भनिएका व्यक्तिलाई  सजाय सुनाउँदै दैलेख जिल्ला अदालतले आइतबार फैसला सुनाएको थियो ।

मुद्दामा मञ्चका तर्फबाट पनि अधिवक्ताले बहस गरेका थिए ।  मञ्चका अध्यक्ष मन्दिरा शर्माले जारी गरेको विज्ञप्तिमा मुद्दाका अभियुक्त लक्षीराम घर्तीलगायत केही अभियुक्तले घटनास्थलमा आफूलगायत सबै अभियुक्तको संलग्नता रहेको पत्रकार थापालाई गाड्नमा सहयोग पु¥याएको भनी बयान गरेको र सरकारी तवरबाट सर्वस्वसहित जन्मकैदको सजाय हुनुपर्ने माग दाबी गरिएपनि अदालतले न्यून सजाय सुनाइनुले पीडितको न्यायमा अझै सहज पहुँच छैन भन्ने देखाएको जनाइएको छ ।

सङ्क्रमणकालीन न्याय संरचनाले नियमित न्याय प्रणालीलाई विस्थापित गर्न नसक्ने हुँदा मुलुकी ऐन ज्यानसम्बन्धी महलबमोजिम सजाय हुनुपर्नेमा जाहेरवाला तर्फका कानुन व्यवसायीको तर्क रहेकाले त्यस्ता घटनामा कानुनी कारबाही गराउन भने फैसला सकारात्मक भएको मञ्चको ठम्याइ छ ।