सभासद् खड्काको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा

मंसिर २२, काठमाडौँ-५ दिन अघि बाग्लुगंमा  जीप दुर्घटनामा परेर गएराती निधन भएका कांगे्रस सभासद् हरि बहादुर खड्काको शव श्रद्धाञ्जलीका लागि कांगे्रस पार्टी कार्यालयमा राखिंएको छ । खड्को शवमा केही बेरमा  श्रद्धाञ्जली दिने कार्यक्र सुरु हुने काँग्रसले जनाएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित ५१ वर्षिय खड्काको उपचारका क्रममा न्यूरो अस्पताल बाँसबारीमा हिजो बेलुका निधन भएको हो ।