एमाले केन्द्रीय समितिको बैठक आजदेखि बस्दै

मंसिर २२, काठमाडौँ-नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि  बस्दैछ । र्एक महिना देखि स्थगित बैठकमा पार्टीको आन्तरिक संरचना, स्थायी समिति, पोलिटब्यूरो गठनका साथै संविधानसभामा पार्टीको भूमिकालगायतका विषयमा पनि छलफल हुने सचिव योगेश भट्राइले बताए । भट्राईका अनुसार आजको बैठकमा  स्थायी समिति, पोलिटब्यूरो गठनको प्रक्रियालाई चाँडै टुंग्याउने गरी छलफल हुनेछ । बैठक केही बेरमा  पार्टी कार्यालय बल्खुमा बैठक बस्नेछ ।