पाल्पाका विभिन्न क्षेत्रमा सक्रिय सष्टाहरु सम्मानीत

मंसिर २१, पाल्पा-समाजका विभिन्न विधामा सक्रिय सवाजसेवी, साहित्यकार, पत्रकार, शिक्षाविद, स्वास्थ्यकर्मीहरु लाई सम्मान साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाले सम्मान गरेको छ । प्रतिष्ठानको नवौ बार्षिक उत्सवको विशेष  अवसर पारेर आयोजीत कार्यक्रममा इन्द्रलाल भारती स्मृती शिक्षा सम्मानबाट वरिष्ठ पत्रकार मेघराज शर्मालाई सम्मानित गरिएको छ ।

त्यस्तै कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कार साहित्यकार विजयसागर श्रेष्ठ, कमलराज रेग्मी साहित्य सम्मान साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठ, विमला रेग्मी स्वास्थ्य सम्मान स्वास्थ्यकर्मी लक्ष्मीदेवी भाट, राधा बद्रि स्मृति स्वयंसेवा पुरस्कार शिक्षाकर्मी एवं मानवअधिकारकर्मी त्रिलोचन पौड्याललाई सम्मान गरिएको छ ।

शान्तीराज रेग्मी स्मृती संचार सेवा सम्मान पत्रकार कविराज नेपाल, माधवप्रसाद देवकोटा स्मृति सम्मान साहित्यकार शालग्राम अधिकारी र प्रतिष्ठानबाट साहित्यकर विश्वमणि गैरेलाई सम्मानित गरेको हो ।

सम्मानित व्यक्तित्वहरुलाई कथाकार एव साहित्यकार बनमाली निराकार र प्रतिष्ठानका अध्यक्ष पुष्करराज रेग्मीले माला खादा र नगद बाट सम्मान गरेका थिए । प्रतिष्ठानले विद्यार्थीहरुलाई साहित्य क्षेत्रमा कलम चलाउन सहयोग पुर्याउने उद्देश्यले विमला रेग्मी स्वास्थ्य शैक्षिक छात्रबृत्तिबाट शशिल गैरे, नरेश ढेगा र तपस्या घिमिरे छात्रवृत्ति प्रदान गरेको छ ।