संविधानका खातिर अनेरास्ववियुको दबाबमूलक अभियान

 मङ्सिर २१, काठमाडौँ-संविधानसभाको दोश्रो राजनीतिक शक्ति नेकपा  एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले निर्धारित समयमा नै  संविधान जारी गर्नका लागि दबाबमूलक अभियान थाल्ने भएको छ । माघ ८ गते कै दिन संविधान जारी गर्ने गरी नेताहरुलाई दबाब दिने उदेश्यले उसले अभियान नै  थाल्ने भएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अनेरास्वियुले यस्ूतो घोषणा गरेको हो । कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले दलहरु फेरिपनि संविधान जारी गर्न असफल हुने आशंका बढेको भन्दै दबाबमूलक अभियान थाल्न लागिएको बताए ।
मल्लले माघ ८ भित्रै संविधान जारी गर्नका लागि शीर्ष नेताहरुलाई भेटेर ध्यानाकर्षण गराउने जानकारी समेत दिए । आजै अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको अधिवेशन पनि गरिएको थियो ।