सुर्खेत दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

मंसिर २२, सुर्खेत -कालिकोटको जितेगडाबाट कैलालीको टिकापुर गइरहेको यात्रुवहाक बस हिजो सुर्खेतमा भएको दुर्घटनामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १७ पुगेको छ । मध्यपश्चिम यातायातको ना ४ ख ६८५७ नम्बरको बस हिजो बेलुका सुर्खेतको पोखरी डाँडास्थित भीरबाट खसेको थियो । दुर्घटनामा परेर हिजै १३ जनाको मृत्यु भएको थप ४ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका करिब ५० जनाको क्षेत्रीय अस्पताल वीरेन्द्रनगर तथा केहीलाई उपचारका लागि नेपालगंज पुर्याइएको छ ।