सडक दुर्घटनामा घाइते सभासद खड्काको निधन

मंसिर २१, काठमाडौ-४ दिन अघि सवारी दुर्घटनामा परेर घाइते भएका नेपाली कांग्रेस बाग्लुगंका क्षेत्र नं १ का सभासद हरि खड्काको राजधानीको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु  भएको छ । सभासद खड्काको आइतबारसाँझ निधन  भएको नेपाली काँग्रेस निकट स्रोतले जनाएको छ ।

गत बुधबार बाग्लुङमा भएको सवारी दुर्घटनामा परी खड्का सहित ४ जना घाइते भएका थिए । उनी बाग्लुगंकै भकुण्डे ९ कमिरे भन्ने स्थानमा ग १ झ २२४ नम्बरको पिकअप जिप दुर्घटना हुँदा गम्भिर घाइते भएर उनलाई  हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।  उनी बाग्लुगं काँग्रसका पार्टी सचिव समेत थिए ।