जन्ति बस दुर्घटना हुँदा २२ जना घाइते

मङ्सिर २१, धनगढी-कैलालीको गोदावरी सडक खण्डमा आइतबार साँझ भएको जन्ति बस दुर्घटनामा २२ जना घाइते भएका छन् । धनगढी—डडेलधुरा राजमार्ग अन्तर्गत कञ्चनपुरको दैजी गाविसतर्फ जन्ति लिएर फर्किइरहेको अवस्थामा महाकाली यातायातको उक्त ना४ख ६५८९को बस सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

स्थानीय गोदावरी मन्दिरमा दिउँसो भएको विवाह समारोहमा सहभागी भई बस फर्कीने क्रममा दुर्घटनामा परेको थियो । बेहुला बेहुली भने  जीपमा सवार भएकाले दुर्घटना थप गम्भिर बन्न पाएन ।  घटनामा घाइते हुनेलाई अत्तरियास्थित पद्मा अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जानकारी अस्पताल स्रोतले दिएको छ ।