सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं-केही समय यता  ओरालो लागेको सुनको मूल्य पुनः आइतबार  पनि घटेको छ ।  अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय ५० रुपैयाँले सस्तिएर ५१ हजारमा आइपुगेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

यसअघि साताको अन्तिम दिन  तोलाको ५१ हजार ३ सय ५० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन तोलाको ५० हजार ७ सय ५० कायम गरिएको छ ।