माघ १६ देखि सर्वाधिक पुरस्कार राशीको क्रिकेट आयोजना हने

काठमाडौं-नेपालकै सर्वाधिक पुरस्कार राशीको एसपीए कप क्रिकेट प्रतियोगिता यही माघ १६ देखि २४ गतेसम्म धनगढीमा हुने भएको छ । एसपीएको चौथो  संस्करणमा सुदूरपश्चिपान्चल एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा देभरका १६ टोलीले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ जित्नेछन् भने अन्य विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् । प्रतियोगितालाई विगतका बर्षमा भन्दा थप परिस्कृत गर्दै  एउटा टोलीले दुई जनासम्म विदेशी खेलाडीलाई खेलाउन पाउने व्यवस्था गरिएको छ । कुल ५० लाख लागत अनुमान गरिएको प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।